नियम १९
विशेष साधारण सभा बोलाउने
समितिले निकालेको शेयर पूँजीका कम्तीमा दश खण्डको एक खण्ड मूल्यको शेयर लिने वा कम्तीमा पचास जवान शेयरहोल्डरहरूले आफ्नो हस्ताक्षरमा लिखित निवेदन गरेमा वा समितिले आवश्यक देखेमा जुनसुकै बखत पनि विशेष साधारण सभा बोलाउन सक्नेछ । विशेष साधारण सभाको माग हुँदा निम्नलिखित कुराहरू समावेश हुनु पर्छः
(क) विशेष साधारण सभाको माग हुँदा सभा बोलाउन पर्ने उद्देश्यहरूको उल्लेख भै माग गर्नेहरूको दस्तखत गरी सो मागपत्र समितिको प्रधान कार्यालयमा दाखिल भएको हुनुपर्छ । एक वा एक भन्दा बढी कुराको माग गरेमा माग गर्ने एक वा एकभन्दा बढी शेयरहोल्डरहरूको दस्तखत परेको लिखितहरू दाखिल गर्न सकिनेछ ।
(ख) खण्ड (क) बमोजीम विशेष साधारण सभाको मागपत्र दाखिल भएको मितिले २१ दिन सम्म पनि समितिले त्यस्तो सभा बोलाउने तर्ङ्ग कारवाई नगरेमा नेपाल सरकारको सम्बन्धित विभागले त्यस्तो सभा बोलाउन सक्नेछ ।
(ग) खण्ड (ख) अन्तर्गत नेपाल सरकारको सम्बन्धित विभागले त्यस्तो कुनै विशेष साधारण सभा गर्दा समितिले सभा बोलाउँदा सरहको कार्यविधि अपनाउनेछ । तर यस्तो सभा कर्पोरेशनको प्रधान कार्यालयमानै बस्नुपर्छ, सार्वजनिक विदा परेको दिनमा भने कुनै सभा गर्नु हुँदैन ।